आफ्नै घरको छतबाट हाम फालेका व्यवसायी अग्रवालको मृत्यु

धनगढी । आफ्नो घरको छतबाट हाम फालेर गम्भीर घाइते भएका धनगढीका एक व्यवसायीको मृत्यु भएको छ। धनगढी बसपार्कस्थित सन्दीप स्टोरका सञ्चालक सन्तोष अग्रवालको मृत्यु भएको हो।

आज बिहान करिब ११ः२० बजेको समयमा आफ्नो घरको पाँचौँ तलाबाट हाम फालेका अग्रवाल गम्भीर घाइते भएका थिए।

धनगढीको नवजीवन अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले जानकारी दिए। छतबाट हाम फालेका उनलाई उपचारका लागि तत्कालै नवजीवन अस्पताल पुर्‍याइएको थियो।

प्रहरीका अनुसार अग्रवालले आत्महत्या गर्नुको कारण भने खुलेको छैन। शृंगारको व्यवसाय सञ्चालन गर्दै आएका अग्रवालका पत्नी र दुई छोरा छन्। शव पोस्टमार्टमका लागि सेती प्रादेशिक अस्पतालमा लगिएको छ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित