काठमाडौं । २२ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवा पक्राउ परेका छन् । काठमाडौंको टोखा नगरपालिकामा बस्दै आएका नुवाकोट शिवपुरी गाउँपालिका–४ घर भएका २५ वर्षीय निरन्जन बुढाथोकी पक्राउ परेका हुन् ।
उनलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो । बुढाथोकीले ती महिलालाई धापासीस्थित ग्रिनसिटी गेष्ट हाउसमा जबरजस्ती करणी गरेको उजुरीको आधारमा प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।यससम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।