तमानखोला गाउँपालिकामा पुनः लगाइयो ताला, स्थानीयद्वारा विरोध प्रदर्शन

अध्यक्ष भन्छन्-पालिकामै वीपी स्मृति भवन बनाउन बजेट विनियाेजन गरेका हाैँ

बुर्तिबाङ । बागलुङको तमानखोला गाउँपालिकाको कार्यालयमा स्थानीयहरुले पुनः तालाबन्दी गरेका छन् । नेपाली कांग्रेसको (वीपी स्मृति) भवन निर्माणका लागि गाउँसभाले १४ लाख बजेट छुट्याएपछि सोमबार वडाध्यक्षसहित स्थानीयहरूले पुनः तालाबन्दी गरेका हुन् ।

बिहीबार वडाध्यक्षसहित ११ जना कार्यापालिका सदस्यहरूले निर्णयमा असहमति जनाउँदै लगाएको ताला शुक्रबार प्रहरीले फोडेको थियो ।

गाउँपालिकामा आएको बजेट नेपाली कांग्रेसको वीपी स्मृति भवन निर्माणका लागि विनियोजन गर्न नहुने भन्दै नेकपा माओवादी केन्द्र, नेकपा एमाले र राष्ट्रिय जनमोर्चाका नेता, कार्यकर्ताहरूले आज गाउँपालिका कार्यालय अगाडी विरोध प्रदर्शन गरेका छन् ।

‘संघीय सरकारबाट आएको बजेट कुनै पार्टीको भवन निर्माणका लागि दिन सक्दैनौं,’ विरोध सभामा पुगेका तमाखोला गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष नारायण सुनारले भने, ‘पालिकाले निर्णय फिर्ता नलिएसम्म हामीले ताला खोल्दैनौं ।’

415563709 1444001069796436 6495228065244190121 n https://newskhari.com/wp-content/uploads/2024/01/Screenshot-2024-01-22-171322.png

पालिकाले गरेको निर्णय तुरुन्त फिर्ता लिएर वार्ता आव्हान गरे कार्यापालिकामा लगाइएको ताला खोल्न तयार रहेको नेकपा एमालेका लिलबहादुर पुनले बताए । ‘हामी तालाखोल्न तयार छौं’, पुनले भने, ‘पालिकाले तमानखोला गाउँपालिकाका जनतामाथि गरेको अन्याय फिर्ता लिनुपर्छ ।’

माघ ४ गते बसेको गाउँसभाको बैठकले वीपी स्मृति भवन निर्माणका लागि १४ लाख रुपैयाँ बजेट विनियोजन गर्ने निर्णय गरेपछि विपक्षी दलहरू आन्दोलित भएका हुन् ।

पालिकाले बहुमतको दम्भ देखाउँदै गरेको निर्णय तत्काल फिर्ता नभए आन्दोलनका थप कार्यक्रमहरू चर्काउर्ने तमानखोला गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष छप्रसाद श्रीपालीले बताए ।

415829957 906986340925437 2191665470219634509 n e1705923016701 https://newskhari.com/wp-content/uploads/2024/01/Screenshot-2024-01-22-171322.png

यता गाउँपालिका अध्यक्ष जोकलाल बुढाले कांग्रेसको पार्टी भवन निर्माणका लागि नभई वीपी स्मृति भवनका लागि बजेट विनियोजन गरेको बताएका छन् ।

‘नेपाली कांग्रेस कार्यसमिति बागलुङको पार्टी भवन बनाउन १४ लाख रुपैयाँ विनियोजन गरिएको भनी भ्रम फैलाउँदै झुट्टा प्रचार गरेकोप्रति गाउँपालिकाको गम्भीर ध्यानाकर्षण भएको छ’, उनले भने, ‘उक्त पारित कार्यक्रम नेपाली नागरिकको स्वतन्त्रता र अधिकारको लागि जहानिया राणा शासनको अन्त्य गरी देशमा प्रजातन्त्र स्थापना गर्दै अहिलेको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई संस्थागत गर्न महत्वपूर्ण योगदान र नेतृत्वदायी भूमिका खेलको महान वीपी कोइरालाको सम्मान र सम्झनामा तमानखोलामा वीपी स्मृति भवन निर्माणका लागि बजेट स्वीकृत गरेको हो ।’

taman https://newskhari.com/wp-content/uploads/2024/01/Screenshot-2024-01-22-171322.png

थप समाचार :

 

 

 

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित