नेप्से परिसूचक ३१ अंकले घट्यो

काठमाडौं । सेयर कारोबार साताको दोस्रो दिन नेप्से परिसूचक दोहोरो अंकले घटेको छ। नेप्से परिसूचक ३१.४९ अंकले घटेर २०९८.६९ विन्दुमा कायम भएको छ।

सेन्सेटिभ इण्डेक्स १.२५ प्रतिशतले ओरालो लाग्यो। दोहोरो अंकले घटेको बजारमा कारोबार रकम पनि आइतबारको तुलनामा घटेको छ।

यसदिन ३०७ कम्पनीको १ कोड ८० लाख ४३ हजार २४४ कित्ता सेयर ६ अर्ब ३६ करोड ६० लाख ७० हजार ३ रुपैयाँमा खरिदबिक्री भए। अघिल्लो कारोबार दिन आइतबार २ करोड २८ लाख २० हजार २७९ कित्ता सेयर ७ अर्ब ६७ करोड ७७ लाख ४० हजार ५८ रुपैयाँमा खरिदबिक्री भएका थिए।

अपर स्यांगे हाइड्रोपावरको सेयर मूल्य ९.९८ प्रतिशतले बढ्यो। मिड सोलु हाइड्रोपावरको ९.४६,आशा लघुवित्त वित्तीयको ६.६९,नगदी ग्रुपको ३.८१ र मैलुङ खोला जल विद्युतको २.८६ प्रतिशतले सेयर मूल्य बढेर कमाउने पाँच शीर्ष कम्पनीभित्र परे।

दोर्दी खोला जल विद्युतका लगानीकर्ताले लगानी गुमाए। सो कम्पनीको सेयर मूल्य ८.३३ प्रतिशतले घट्यो। ७८ करोड बढी मूल्यको सेयर कारोबार गरी हिमालयन रिइन्स्योरेन्स शीर्षस्थानमा रह्यो।

कारोबारमा आएका १२ वटा उपसमूहको सूचक नकारात्मक देखिएका छन्।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित