रूसी सेनामा कार्यरत रसुवाका सुन्दर मोक्तानको निधन

रसुवा । रुसी सेनामा कार्यरत नौकुण्ड गाउँपालिका -५ का ३२ वर्षीय सुन्दर मोक्तानको निधन भएको छ। उनी गत भदौ अन्तिमतिर रोजगारीका लागि क्रोयसिया गएका थिए । मृतकका आफन्त बुद्धि मोक्तानका अनुसार कार्तिक अन्तिममा क्रोयसिया छु भनेर कुरा भएको थियो ।

केही दिनपछि जंगलको बाटो भएर रुस जाने भएकाले नेट नलाग्ने भनेका थिए, पछि दुःखद खबर आयो,ु उनले भने । मृत्युको खबरले उनको परिवार शोकमा डुबेको छ ।

योसँगै रुसी सेनामा मृत्यु हुने नेपालीको संख्या १२ पुगेको छ। उनको २६ दिनअघि मृत्यु खबर आएको शव ल्याउनेबारे कुरा भइरहेको नौकुण्ड गाउँपालिका उपाध्यक्ष चन्द्रबहादुर तामाङले बताए । रुसमा रहेका चन्द्र तामाङ नाम गरेका व्यक्तिले उनको मृत्यु भएको खबर परिवारलाई सुनाएका थिए ।

नेपाली सेनामा जागिरे सुन्दर सशस्त्र द्वन्दमा माओवादीको दबाबपछि जागिर छाडेका थिए। । परिवार पाल्न उनले निर्माण व्यवसायी कम्पनीमा पनि काम गरेका थिए। श्रीमान‍्को मृत्युको खबर सुनेपछि ओमानमा रहेकी उनकी श्रीमती पातली मोक्तान नेपाल आएकी छन्। अहिले उनी श्रीमान्को मृत्युको खबर बुझ्न काठमाडौंमा छिन् । कहिले परराष्ट्र मन्त्रालय त कहिले नेपालस्थित रसियन दूतावाससँग हारगुहार गरिरहेकी छन् ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित