वाणिज्य बैंकहरूले कमाए २८ अर्ब ७६ करोड नाफा, कसले कति ?

काठमाडौं । २० वाणिज्य बैंक मध्ये १६ वटाको नाफा घटेको छ । चालु आवको दोस्रो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार हिमालयन, प्राइम, एभरेष्ट बैंकले नाफा बढाएका छन् भने ऋणात्मक अवस्थामा रहेको कृषि विकास बैंकले १ अर्ब ३५ करोड नाफा कमाएको छ ।

सबैभन्दा बढी नबिल बैंकले ३ अर्ब २० करोड नाफा कमाए पनि गत आवको समीक्षा अवधिभन्दा ६.२८ प्रतिशतले नाफा घटाएको । नेपाल बैंकले सबैभन्दा बढी ४९.६० प्रतिशतले नाफा घटाएको हो ।

नाफा बढाउने मध्मे सबैभन्दा बढी हिमालयन बैंकले ५७.७३ प्रतिशतले नाफा बढायो भने प्राइम र एभरेष्टले चालु आवको दोस्रो त्रैमासमा गत आवको समीक्षा भन्दा क्रमशः ३२.१३ र ७.८८ प्रतिशतले नाफा बढाएका छन् ।

दोस्रो त्रैमाससम्म २० वाणिज्य बैंकले २८ अर्ब ७६ करोड नाफा कमाएका छन् भने गत आवको समीक्षा अवधिमा ३१ अर्ब ९४ करोड नाफा कमाएका छन् । बैंकहरुद्वारा प्रकाशित वित्तीय विवरण अनुसार यस आवको दोस्रो त्रैमाससम्म गत आवको समीक्षा अवधि भन्दा करीब १० प्रतिशत नाफा घटेको छ ।33333333333 q0pHJcTBbm https://newskhari.com/wp-content/uploads/2023/01/Commercial-Banks-Nepal.jpg

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित