दार्चुलामा ड्युटीमा खटिएका दुई प्रहरीमाथि चक्कु प्रहार

काठमाडौं । दार्चुलामा ड्युटीमा खटिएका दुईजना प्रहरीमाथि चक्कु प्रहार भएको छ।
आइतबार महाकाली नगरपालिका १ दहका २३ वर्षीय उमेश कुँवरले दुईजना प्रहरीमाथि चक्कु प्रहार गरेका हुन्।

आइतबार दिउँसो ड्युटीमा खटिएका हवलदार जयबहादुर खड्का र प्रहरी जवान डम्मरबहादुर ठगुन्नामाथि चक्कु प्रहार भएको हो।

चक्कुले लागेर ठगुन्ना गम्भीर घाइते भएका छन्। खड्कालाई सामान्य चोट लागेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। चक्कु प्रहार गर्ने कुँवरले पत्नीलाई कुटपिटसहित घरेलु हिंसा गरेको भन्दै प्रहरीमा उजुरी परेको थियो।

त्यसपछि सामुदायिक प्रहरी बांगाबगरबाट दुईजा प्रहरी कुँवरलाई पक्राउ गर्न खटिएका थिए। तर उमेशले प्रहरीलाई देख्नेबित्तिकै चक्कु बोकेर लखेट्न थाले । घरमा पुगेको प्रहरी कुँवरकी पत्नीलाई जोगाउन जुटेको थियो । त्यसक्रममा कुँवरले प्रहरीमाथि नै चक्कु हानेका हुन्।

चक्कु हानेपछि उमेश भागेर जंगलतिर छिरेका थिए। अहिले उनको खोजी भइरहेको दार्चुलाका प्रहरी नायव उपरीक्षक शिवबहादुर सिंहले बताए ।

केही महिनाअघि मात्रै बिहे गरेका उमेशले पत्नीलाई निरन्तर कुटपिट गर्ने गरेको भन्दै उजुरी आएको थियो। कुटपिट भएको थाहा पाएपछि उमेशकी पत्नीको माइती पक्ष प्रहरीमा पुगेको थियो।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित