बिपी प्रतिष्ठानको बैठक धरानमै बोलाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिपी कोइराला स्वाथ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिलाई तत्काल कार्यकारिणी समितिको बैठक डाक्न निर्देशन दिएका छन्। उनले प्रतिष्ठानका उपकुलपति डा. प्रह्लाद कार्कीलाई आइतबार सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा बोलाएर समितिको बैठक बोलाउन निर्देशन दिएका हुन्।

प्रधानमन्त्रीले उपकुलपति डा. कार्कीलाई ‘पदाधिकारीलाई काठमाडौँ नबोलाउन र धरान गएर कार्यकारिणी समितिको बैठक बोलाई अन्तर्वार्ताको मिति तोक्न’ आग्रह गरेका छन्। उनले नियमावली संशोधनको प्रस्ताव सिनेटमा लैजाने निर्णय गर्न पनि आग्रह गरेका छन्।

उता प्रधानमन्त्रीले आइतबार नै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका सहकुलपति तथा स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतलाई फोनसम्पर्क गरी २१ दिनभित्र सिनेट डाक्न पनि निर्देशन दिएका छन्। दाहालले यसअघि नै स्वास्थ्यमन्त्री बस्नेतसँग बिपी प्रतिष्ठानका शिक्षक, कर्मचारी र चिकित्सकका आवाज सुनेर समस्या समाधान गर्न पनि निर्देशन दिएका थिए।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित