माइतीघरबाट नेविसंघका १७ जना कार्यकर्तालाई प्रहरीले लियो नियन्त्रणमा

काठमाडौं । निषेधाज्ञा हटाउन माग गर्दै माइतीघरमा प्रदर्शन गर्न पुगेका नेपाली कांग्रेस सम्बद्ध नेविसंघका कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ। आइतबार झन्डा र प्लाकार्डसहित माइतीघरमा प्रदर्शन गर्न पुगेका नेविसंघ कार्यकर्ताहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

उनीहरूले माइतीघरको निषेधाज्ञा खारेज गर अभिव्यक्ति स्वतन्त्रता कायम गरु नारा लगाएका थिए। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी कुमोध ढुंगेलका अनुसार त्यहाँबाट १७ जनालाई नियन्त्रमा लिइएको छ।

निषेधित क्षेत्रमा प्रदर्शन गर्न खोजेपछि नियन्त्रणमा लिएका हौं उनले भने।

माइतीघरलाई काठमाडौं प्रशासनले मंसिरदेखि निषेधित क्षेत्र तोकेको हो। निषेधित क्षेत्र तोकेर जनताको अभिव्यक्ति स्वतन्त्रताको अधिकार कुण्ठित गर्न खोजिएको भन्दै नागरिक समाजदेखि, सामाजिक अभियान्तालगायत राजनीतिक दलका भ्रातृ संगठनहरूले विरोध गर्दै आएका छन्।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित