छोरी बलात्कार गरेको घटना लुकाउन छोराको हत्या !

सुर्खेत । बहिनी बलात्कृत भएको थाहा पाएपछि बाबुविरुद्ध जाहेरी दिँदा बाबुलेनै छोराको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । गत सोमबार बन्चरोले हानेको अवस्थामा २१ वर्षीय युवकको शव पञ्चपुरी नगरपालिका ५ मा फेला परेको थियो ।

जिल्ला प्रहरी कार्यालमा कात्तिकमा आफ्नै छोरीलाई बलात्कार गरेको भन्दै छोराले आफ्नै बाबुविरुद्द जाहेरी दिएका थिए ।

प्रहरीमा छोराले जाहेरी दिएको थाहा पाउनसाथ बुबा फरार भएका थिए । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक योगेन्द्रसिंह थापाका अनुसार पीडित छोरीले बुबानै आएर दाजुको हत्या गरेको दाबी गरेकी छन् । रातिको घटना भएकाले विस्तृत अनुसन्धान भइरहको प्रहरी उपरीक्षक थापाले बताए । यता स्थानीयवासीले युवकको हत्यामा उनकै बाबु संलग्न रहेको प्रमाणहरू फेला परेका बताएका छन् ।

आफू बलात्कृत भएको किशोरीले दाइलाई भनेकी थिइन् । दाइले गत कात्तिक १५ गते जिल्ला प्रहरी कार्यकाल सुर्खेतमा बुबाविरुद्ध जबरजस्ती करणीको जाहेरी दिएका थिए । बुबाले छोरीलाई मुद्दा नहाल्न भन्दै धम्की दिएका थिए। मुद्दा परेपछि उनी श्रीमतीसहित भागेर भारत पसेका थिए ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित