नगर अस्पतालका विषयमा विवाद हुँदा सर्लाहीमा झडप, एकको मृत्यु

 

काठमाडौं । सर्लाहीमा नगर अस्पतालका विषयमा विवाद हुँदा एक जनाको मृत्यु भएको छ।

बरहथवा नगरपालिकास्थित नगर अस्पताल सञ्चालनको विषयमा झडप हुँदा बरहथवा नगरपालिका वडा नम्बर ६ का २७ वर्षीय जयशंकर साहको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले जानकारी दिए।

शुक्रबार दिउँसो करिब २ बजेदेखि स्थानीय बासिन्दा र प्रहरीबीच झडप भएको थियो।

‘झडप हुँदा एक जनाको मृत्यु भएको छ, शव स्थानीयकै नियन्त्रणमा छ,’ प्रजिअ धमलाले भने, ‘स्थितिलाई नियन्त्रणमा लिने प्रयास भइरहेको छ।’

अस्पतालको भवन स्वामित्वको विषयमा असन्तुष्ट स्थानीयले शुक्रबार नगरपालिका कार्यालय घेराउ गरेपछि प्रहरीले रोकेको थियो। स्थानीयलाई प्रहरीले रोकेपछि झडप भएको हो।

प्रहरी र स्थानीयबीच झडप भएको बरहथवा नगरपालिकाका उपमेयर रामबाबुप्रसाद साहले बताए। निर्माण सम्पन्न हुन लागेको अस्पताल भवन मधेस प्रदेश सरकारले चलाउने कि नगरपालिकाले भन्ने विषयमा विवाद भएको हो।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित