दुई कम्पनीले पायो हकप्रद निष्कासनको अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्डले अरुण भ्याली र रिडी पावर कम्पनीलाई हकप्रद सेयर निष्कासन गर्न अनुमति दिएको छ । यी दुई कम्पनीको जम्मा २ करोड ६४ लाख २४ हजार १३२ कित्ता हकप्रद निष्काशनको लागि अनुमति दिएको होधितोपत्र बोर्डले अरुण भ्यालीलाई १ः१ अनुपातमा १ करोड ८६ लाख ७९ हजार ६२६ कित्ता हकप्रद सेयर बिक्री गर्न अनुमति दिएको छ ।

हाल कम्पनीको चुक्तापूँजी १ अर्ब ८६ करोड ७९ लाख ६२ हजार ६०० रुपैयाँ छ । कम्पनीले सोही पूँजीमा १०० प्रतिशत हकप्रद सेयर जारी गर्नेछ । हकप्रद सेयरबाट प्राप्त रकममध्ये ९३ करोड ३९ लाख ८१ हजार ३०० रुपैयाँ ३० मेगावाट क्षमताको लिखु खोला जलविद्युत आयोजना निर्माणको लागि आवश्यक पर्ने स्वपूँजीको लागि पीके हाइड्रोपावर प्रालिको संस्थापक सेयरमा लगानी गर्ने कम्पनीले बताएको छ । यस्तै, बाँकी ९३ करोड ३९ लाख ८१ हजार ३०० रुपैयाँ भने हाल सञ्चालनमा रहेको काबेली–१ क्यास्केड जलविद्युत आयोजनाको निर्माण गर्दा बैंकहरुबाट लिएको ऋण भुक्तानी गर्न प्रयोग हुनेछ ।

त्यसैगरी, रिडी पावरले ५० प्रतिशत हकप्रद जारी गर्न अनुमति पाएको छ । कम्पनीले १ः०।५ अनुपातमा कुल ७७ लाख ४४ हजार ५०६ कित्ता सेयर हकप्रद जारी गर्न अनुमति पाएको छ ।कम्पनीले आफ्नो लगानी तथा व्यवस्थापनमा रहेको साझा पावर डेभलपमेन्ट कम्पनीको स्वामित्वमा रहको तल्लो बलेफि जलिविद्युत आयोजना निर्माण गर्न र उक्त आयोजनामा स्वपूँजी व्यवस्थापन गर्नका लागि हकप्रद सेयर निष्कासन गर्न लागेको हो । हाल कम्पनीको चुक्तापूँजी १ अर्ब ५४ करोड ८९ लाख १ हजार २०० रुपैयाँ छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित