कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक

काठमडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएको छ। मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार यही पुस २१ गते शनिबार दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी बैठक बोलाइएको हो।

राष्ट्रिय सभा चुनावलगायत विषयमा छलफल गर्न कांग्रेसले बैठक बोलाएको हो। सिट बाँडफाँटलगायत विषयमा सत्ता गठबन्धनमा केही दिनदेखि निरन्तर बैठक भइरहेका छन्।

पार्टीभित्र छलफलबिनै सभापति शेरबहादुर देउवालगायत नेताहरू गठबन्धन बैठकमा गइरहेको विषयमा पार्टीभित्रैबाट असन्तुष्टि देखिएको थियो।

माघ ११ गते हुने चुनावका लागि यही पुस २३ गते मनोनयन दर्ताको कार्यक्रम छ। कांग्रेसले पुस १२ देखि १४ गतेसम्म चलेको केन्द्रीय समिति बैठकबाट राष्ट्रिय सभा चुनावमा सत्ता गठबन्धनबीच साझा उम्मेदवार तय गरेर जाने निर्णय गरेको थियो।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित