नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा पाइलट विरुद्ध मुद्दा दर्ता

काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको आरोपमा नेपाल वायु सेवा निगमका एक जना पाइलट विरुद्ध मुद्दा दर्ता गरिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार वायु सेवा निगमका सम्राटबहादुर शाहविरुद्ध विशेष अदालत, काठमाडौंमा मुद्दा दर्ता गरेको छ। नक्कली प्रमाणपत्र पेश गरेको पाइएकाले पाइलट शाहविरुद्ध मुद्दा दर्ता गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले बताए।

शाहले २०७१ फागुन १० मा नेपाल वायु सेवा निगममा जुनियर पाइलटमा नियुक्त भएका थिए। अहिले उनी आठौं तहको विमान चालक पदमा बढुवा भएर कार्यरत छन्।

उनले २०६० सालमा भारतको गोरखपुरस्थित भीएसजे इन्टर कलेजबाट प्रविणता प्रमाणपत्र तह उत्तीर्ण गरेको बताएका थिए। त्यतिवेला प्राइभेटबाट प्रथम श्रेणीमा उत्तीर्ण गरेको प्रमाणपत्र पेश गरेका थिए। त्यसकै आधारमा पाइलटको तालिम पनि लिएका थिए।

उनले भारतबाट लिएको प्रमाणपत्र नक्कली भएको भन्दै अख्तियारमा उजुरी परेको थियो। त्यसमाथि छानबिन गर्दा नक्कली प्रमाणपत्र लिएको पाइएको अख्तियारको दाबी छ।

उनी विरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा १ बमोजिमको कसूरमा मुद्दा दाय गरिएको हो। यो उपदफामा भनिएको छ, ‘कुनै व्यक्तिले राष्ट्रसेवकको ओहदा पाउने वा सो ओहदामा बहाल रहने वा कुनै हैसियत, लाभ वा सुविधा पाउने उद्देश्यले शैक्षिक योग्यता, नाम, तीनपुस्ते, उमे, जात, थर, ठेगाना, नागरिकता वा योग्यता वा अन्य कुनै कुराको झुटो विवरण दिएमा वा सो सम्बन्धी झुटा प्रमाणपत्र पेश गरेमा निजलाई कसूरको मात्रा अनुसार ६ महीनादेखि एक वर्षसम्म कैद र १० हजार रुपैयाँदेखि २० हजार रुपैयाँसम्म जरिवाना हुनेछ।’

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित