नेपाल आइपुगे भारतीय विदेशमन्त्री जयशंकर

काठमाडौं । भारतका विदेशमन्त्री एस जयशंकर नेपाल आइपुगेका छन्। भारतीय वायुसेनाको विशेष विमान आइएफसी-३१ बाट बिहान साढे ९ बजे उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएका हुन्। मन्त्री जयशंकरलाई परराष्ट्रमन्त्री एनपी साउदले स्वागत गरेका छन्।

उनी विमानस्थलबाट बास बस्नका लागि व्यवस्था गरिएको नक्सालस्थित होटेल मेरियटमा गएर केहीबेर आराम गर्नेछन्। त्यसपछि जयशंकरले उच्चस्तरीय राजनीतिक भेटघाट थाल्नेछन्।

मन्त्री जयशंकरले बिहान ११ बजे शिलत निवासमा राष्ट्रपति रामचन्द्र पौडेल र १२ बजे प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटघाट गर्ने कार्यक्रम छ।

त्यसपछि उनी दिउँसो १ बजे दरबारमार्गस्थित होटेल याक एण्ड यतिमा सुरू हुने परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सहभागी हुनेछन्। बैठकमा नेपालको तर्फबाट परराष्ट्रमन्त्री एनपी साउदले नेतृत्व गर्दैछन्।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित