गत वर्ष आन्तरिकतर्फ ७८ लाख यात्रुले गरे हवाई यात्रा

काठमाडौं । सन् २०२३ को नोभेम्बरसम्मको तथ्यांक हेर्दा आन्तरिकतर्फ हवाई यात्रा गर्ने यात्रुको संख्या अघिल्लो वर्षको भन्दा ३७.४८ प्रतिशतले वृद्धि भएको छ ।

उक्त अवधिमा आन्तरिक उडानतर्फ ७७ लाख ९४ हजर २१७ जनाले उडान गरेका छन् । यस संख्या अघिल्लो वर्षको नोभेम्बर सम्म ५६ लाख ६८ हजार ९४१ रहेको थियो । यसैगरी अन्तर्राष्ट्रिय उडानतर्फ सन् २०२३ को नोभेम्बरसम्म ४१ लाख ५४ हजार ३९३ यात्रु आवागमन भएका छन् । यो संख्या पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल तीनवटैको जोडेर हो ।

अघिल्लो वर्ष सोही अवधिसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा रहेकोमा कुल यात्रु आवागमन संख्या २९ लाख ४५ हजार ५४० रहेको जुन हालको वर्ष भन्दा ४१।०४ प्रतिशतले कम हो । यसैगरि नेपालमा उडान गर्ने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीको संख्या सन् २०२२ मा २९ रहेकोमा हाल उक्त संख्या ३० पुगेको छ । ती वायुसेवा कम्पनीले नेपाललाई १६ देशका ३३ वटा अन्तर्राष्ट्रिय गन्तव्यसँग नियमित उडानले जोडिरहेका छन् ।

आन्तरिकतर्फ भने सञ्चालन अनुमति प्राप्त जम्मा २१ वटा वायु सेवा मध्ये हाल क्रियाशिल वायुसेवा कम्पनीहरुको संख्या १९ रहेको छ । ती कम्पनीहरुले कुल ५५ वटा विमानस्थल मध्ये ३५ वटा विमानस्थलहरुमा आन्तरिक हवाई सेवा सेवा प्रदान गरिरहेका छन् ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित