सत्ता गठबन्धनले प्रमुख प्रतिपक्षी दल एमालेसँग छलफल गर्ने

काठमाडौं । सत्ता गठबन्धनका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी र नेकपा एकीकृत समाजवादीबीच बुधबार अपराह्न ३ बजे बालुवाटारमा छलफल हुने भएको छ।

राष्ट्रिय सभा निर्वाचनको माघ ११ मा हुने चुनावका लागि सिट बाँडफाँटका विषयमा छलफल हुन लागेको हो। राष्ट्रिय सभा निर्वाचनको विषयमा सत्ता गठबन्धनका नेताहरु बालुवाटारमा नै कांग्रेस र माओवादीका शीर्ष नेताबीच करिब आधा घन्टा छलफल भएको थियो।

बिहानको छलफलमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेता पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र प्रमुख सचेतक रमेश लेखक सहभागी थिए भने नेकपा माओवादी केन्द्रको तर्फबाट वरिष्ठ उपाध्यक्षसमेत रहेका उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ, उपमहासचिव वर्षमान पुन लगायतका नेताहरु सहभागी थिए ।

गठबन्धनका नेताहरुले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग पनि छलफल गर्ने तयारी भएको उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले जानकारी दिए । नेकपा एमालेसँग साँझ ५ बजे छलफल गर्ने तयारी सत्ता गठबन्धन गरेको छ । राष्ट्रिय सभामा रिक्त हुने १९ सांसदमा एमालेबाट आठ जनाको कार्यकाल सकिँदैछ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित