सर्वोच्चको मुख्य रजिस्ट्रारमा ढकाल, रजिस्ट्रारमा पौडेल

काठमाडौं । न्याय सेवा आयोगले न्यायपरिषदका सचिव देवेन्द्रराज ढकाललाई सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा बढुवा गरेको छ । आज बसेको आयोगको बैठकले उनलाई मुख्य रजिष्ट्रारमा बढुवा गर्ने निर्णय गरेको हो । उनी हाल न्याय परिषदका सचिव छन् ।

यसअघिका मुख्य रजिस्ट्रार लालबहादुर कुँवर उच्च अदालतको न्यायाधीशमा नियुक्त भएकाले यो पद रिक्त थियो । मुख्य रजिस्ट्रारको कार्यकाल ३ वर्ष हुन्छ ।

यस्तै रजिस्ट्रारमा हाल सर्वोच्च अदालतकै सहरजिस्ट्रार रहेका विमल पौडेललाई बढुवाका लागि सिफारिस गर्ने आयोगले निर्णय गरेको छ । विशिष्ट श्रेणीसरहका यी दुवै पदमा नेपाल सरकार मन्त्रिपरिषद्‌ले बढुवाको निर्णय गर्छ ।

सर्वोच्चका सहरजिस्ट्रार एवं प्रवक्ता भद्रकाली पोखरेलको न्याय परिषद् सचिवालयमा सरुवा भएको छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित