हेटौंडामा मोटरसाइकलको ठक्करबाट प्रहरी जवानको मृत्यु

हेटौंडा । मोटरसाइकलको ठक्करबाट हेटौंडामा एकजना प्रहरीको मृत्यु भएको छ । यस्तै, दुर्घटनामा दुईजना प्रहरीसहित मोटरसाइकल चालक घाइते भएका छन् ।

बुधबार बिहान हेटौंडा–नवलपुर सडक खण्डअन्तर्गत थानाभर्याङ क्षेत्रमा फिजिकल ट्रेनिङको लागि दौडिरहेको प्रहरीको टोलीमाथि मोटरसाइकलले ठक्कर दिएको थियो ।

हेटौंडाबाट नवलपुर जाँदै गरेको ना ४ प २२२ नम्बरको मोटरसाइकल ठक्करबाट दौडिरहेका प्रहरी जवान डडेल्धुरा अलिताल गाउँपालिका–६ का २५ वर्षीय विनोद ऐडीलाई ठक्कर दिएको थियो ।

ठक्करबाट गम्भीर घाइते भएका ऐडीको उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

दुर्घटनामा प्रहरी जवान नवराज सार्की र प्रहरी जवान विजय खत्री घाइते भएका छन् । मृतक र घाइते तिनै जना बागमती प्रदेश प्रहरी गणमा कार्यरत थिए ।

अर्का घाइते मोटरसाइकल चालक हेटौंडा–४ का ४१ वर्षीय गणेश लामालाई थप उपचारको लागि चितवन पठाइएको छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित