चार्जिङ गरिरहेको बेला एमजीको विद्युतीय कारमा आगलागी

काठमाडौं । चार्जिङमा राखिएको एमजी मोटर्सको कारमा आगलागी भएको छ । एमजी मोटर्सको विद्युतीय कार जेडएम ईभीमा चार्जिङ राखिरहेको अवस्थामा आगलागी भएको हो ।

यो घटना पुस ९ गते काठमाडौंको बुढानीलकण्ठ नगरपालिका देउवा चोक नजिकै भएको हो । बागमती प्रदेश ०१ ०२७ च १५८१ नम्बरको उक्त गाडी खाली चौरमा पार्किङ गरिएको थियो ।

पार्किङका क्रममा चार्जमा लगाइएको उक्त गाडी खुला स्थानमा रहेकाले अन्य धनजनको क्षति हुन नपाएको काठमाडौंको प्रहरी प्रभाग बुढानीलकण्ठका इन्सपेक्टर योगराज खतिवडाले बताए । प्रहरी मुचुल्कामा चार्जिङका क्रममा मध्यराति १ बजेको समयमा गाडीमा आगलागी भएको उल्लेख छ । तर त्यसको यकिन कारण भने अहिलेसम्म खुल्न सकेको छैन ।

गाडी धनी गोरखाका सुदीप लामिछाने रहेको बताइएको छ । प्रहरीका अनुसार आफन्तको घरमा आएका बेला चार्जिङका क्रममा गाडीमा आगलागी भएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तस्बिर : टेकपाना

 

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित