मन्त्री ज्वालालाई फिर्ता बोलाउने तयारीमा माधव नेपाल

काठमाडौं । दुई युवाको ज्यान जाने गरी भएको बालकुमारी घटनामा विवादमा परेका भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई फिर्ता बोलाउने तयारी शुरु भएको छ । चौतर्फी आलोचनापछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई ज्वालालाई फिर्ता बोलाउन आग्रह गरेका छन् ।

मन्त्री हेरफेरको तयारीमा रहेका प्रधानमन्त्री प्रचण्डले ज्वालालाई फिर्ता बोलाएर सरकारप्रतिको आलोचना घटाउन मद्दत गर्न आग्रह गरेको बालुवाटार स्रोतले बताएको छ । १३ पुस शुक्रबार कोरिया रोजगारीका लागि तयारी गरिरहेका युवाहरूको ईपीएस शाखा कार्यालय बालकुमारीकेन्द्रित आन्दोलन चर्किएका बेला मन्त्री ज्वाला त्यहाँ पुगेका थिए ।

युवाहरूले उनको गाडी घेरेर आगो लगाएपछि सुरक्षाकर्मीले चर्को दमन गर्दा दुई युवाको मृत्यु भएको थियो । प्रहरीको निर्घात कुटाइबाट दैलेखका सुजन राउत र गोली लागेर अछामका वीरेन्द्र शाहको ज्यान गएको थियो ।

मन्त्री ज्वालाले आफू र आफ्नो मन्त्रालयसँग असम्बन्धित घटना भनेर बारम्बार बचाउ गर्न खोजे पनि उनले व्यक्तिगत सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई दबाब दिएर सुरक्षा संवेदनशिल क्षेत्रमा गएको खुलेको छ । जसका कारण सडकदेखि संसदीय समितिमा समेत उनको चर्को आलोचना भएको छ । प्रहरी प्रमुख आईजीपी बसन्त कुँवरले संसदीय समितिमा ‘मन्त्रीज्यू नजानुभएको भए घटना हुँदैनथ्यो’ भनेपछि ज्वालामाथि राजीनामाको दबाब बढेको हो ।

प्रधानमन्त्री प्रचण्डले नेकपा एसका अध्यक्ष नेपाललाई गरेको आग्रह उदृत गर्दै बालुवाटार स्रोतले भने, ‘त्यसै पनि हामी मन्त्रिमण्डल हेरफेर गर्दै छौँ । प्रकाशजी धेरै विवादमा पर्नुभयो । आजभोलिमै फिर्ता बोलाउँदा ठीक होला ।’

 

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित