काठमाडौं । आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम हिजो ९मंगलबार० को जत्ति नै देखिएको छ।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार आज बिहान ६ः४५ बजेको मापनमा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ५.६ डिग्री सेल्सियस देखिएको हो । हिजो पनि यो समयमा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम यत्ति नै थियो। तर पछि बिहान ८ः४५ बजे अझ घटेर ५.२ डिग्री सेल्सियसमा झरेको थियो।
मौसमविद् अधिकारीका अनुसार आज पनि अहिले बिहान ८ः४५ बजे पुनः मापन गरिनेछ। ‘त्यतिबेला ६४५ बजेको भन्दा केही घट्ने सम्भावना हुन्छ।’ मौसमविद्का अनुसार आधिकारिक न्यूनतम तापक्रम बिहान ८ः४५ बजेकै मानिन्छ।
मौसमविद् अधिकारीले आज पनि काठमाडौँ उपत्यकामा घाम लाग्ने सम्भावना रहेको जानकारी दिए। ‘अहिले बिहान हल्का हुस्सु लागेको छ, भिजिबिलिटी (पारदर्शिता) ४ किलोमिटर छ’, उनले भने, ‘तर घाम लाग्दै जाँदा हुस्सु पनि हट्दै जान्छ।’