माओवादीको तीन महिने विशेष रूपान्तरण अभियान : सफल कि असफल ?

काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रले गत भदौ १६ गतेदेखि थालिएको ‘जनतासँग माओवादी’ तीनमहिने अभियानले पार्टीमा उत्साह ल्याएको निष्कर्ष निकालेको छ।

पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा मंगलबार आयोजित पत्रकार सम्मेलनका क्रममा माओवादी उपाध्यक्ष एवम् प्रवक्ता अग्नि सापकोटाले यस्तो बताएका हुन्।

‘तीन महिने अभियानले कार्यकर्तामा जागृति आएको छ। जनतामा आशा पलाएको छ। यो अभियानले चुनावका बेला मात्रै होइन, अरु बेला पनि माओवादी आउँदा रहेछन् भन्ने भएको छ’, उनले भने, ‘बनेको ठाउँका संगठन चलायमान भएका छन्। नबनेका ठाउँमा संगठन बनेका छन्। पार्टीबाट पलालयन हुने कुरा रोकिएको छ। पार्टी प्रवेशको क्रम पनि बढेको छ।’

सापकोटाले यो अभियानले जनतामा आशा र उत्साह देखिएको बताए। ‘अभियानले पार्टी एक भएको छ, नयाँ आशा र उत्साह देखिएको छ। जनता हामीतिर फर्किएका छन्’, उनले भने, ‘जनताका गुनासा र आशा छन् तर यसलाई निरन्तरता दिनुपर्ने माग पनि गरेका छन्।’ सापकोटाले अभियानका कारण सदस्यता नवीकरण प्रक्रिया तीव्र भएको पनि बताए।

‘राष्ट्रियताका सवालमा हामीले जनतामाझ प्रष्ट कुरा राखेका छौँ। तीन महिने अभियानको उपलब्धि भनेको अन्तरविरोधहरू सतहमा आएका छन्। धेरै राम्रोसँग अन्तरविरोध पनि हल भएका छन्’, उनले भने, ‘कार्यकर्ताले विधानअनुसार चल्नुपर्छ भनेका छन्। कार्यविधिअनुसार चल्नुपर्छ भनेका छन्। आन्तरिक निर्देशनहरू माथिबाट पालना गर्नुपर्छ भन्ने कुरा आएको छ। मूल्यांकनको आधार धेरै राम्रो बनेको छ।’

अभियानका क्रममा जनताले भ्रष्टाचारविरोधी अभियानलाई तीव्र बनाउन सुझाव दिएको पनि सापकोटाले बताए। ‘भ्रष्टाचारविरोधी अभियान गम्भीरतापूर्वक चलाउनुपर्छ भनेका छन्। संस्कार र संस्कृतिप्रति माओवादीको जुन सुझबुझ थियो, त्यसमा उदाशीन भएको हो कि भन्ने भएको छ’, उनले भने।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित