सर्वोत्तम सिमेन्टले पुस २५ गतेदेखि आईपीओ निष्कासन गर्ने

काठमाडौं । सर्वोत्तम सिमेन्ट कम्पनीले उद्योग तथा खानी उत्खनन् प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र रोजगारीका लागि विदेशमा रहेका नेपालीका लागि साधारण सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ ।

कम्पनीले आयोजना प्रभावित क्षेत्र नवरपारासी जिल्लाको सुनवल नगरपालिका– ३, ४, ५, ६ र १३ तथा उत्खनन् प्रभावित पाल्पा जिल्लाको रैनादेवी छहरा गाउँपालिका–१ र २, रिब्दीकोट गाउँपालिका–२, ३, ४ र ६, तिनाउ गाउँपालिका– १, २ र ३, माथागढी गाउँपालिका– ७ र ८ र निस्दी गाउँपालिका– ७ का स्थानीयका लागि ९ लाख ३० हजार कित्ता निष्काशन गर्ने भएको छ । यस्तै रोजगारीका लागि विदेशमा रहेका नेपालीका लागि २ लाख ६७ हजार कित्ता सेयर निष्कासन गर्ने भएको छ ।

उनीहरुले प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसाका दरले आवेदन दिन सक्नेछन् । सेयरमा न्यूनतम ५० अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीले आयोजना प्रभावितका लागि पुस २५ गतेदेखि माघ १० गतेसम्म सेयर निष्कासन गर्ने छ । उक्त अवधिमा माग अनुसार आवेदन परेमा माघ २५ गतेसम्म आवेदन दिन सक्नेछन् । यस्तै वैदेशिक रोजगारीमा रहेका नेपालीले पुस २५ गतेदेखि माघ १० गतेसम्ममा आवेदन दिन सक्नेछन् ।

उद्योग प्रभावित क्षेत्रका स्थानीयले नवलपरासी जिल्लाको ग्लोबल आईएमई, लक्ष्मी सनराइज, शाइन रेसुङ्ग डेभलपमेन्ट बैंक, गरिमा विकास बैंक र मुक्तिनाथ विकास बैंकका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । खानी उत्खनन् प्रभावित क्षेत्रका स्थानीयले पाल्पा जिल्लाको ग्लोबल आइएमई, नेपाल इन्भेष्टमेन्ट मेगा, लक्ष्मी सनराइज र कृषि विकास बैंकका शाखाबाट आवेदन दिन सक्नेछन् ।

वैदेशिक रोजगारीमा रहेका नेपालीले धितोपत्र बोर्डबाट सी आश्वा सदस्य पाएका बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सक्नेछन् । यसको बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ । सह निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल र प्रभु क्यापिटल रहेको छ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

भर्खरै प्रकाशित

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित