एजेन्सी । दक्षिण कोरियामा पत्रकार सम्मेलनका क्रममा विपक्षी नेतालाई चक्कु हानिएको छ । योनहाप समाचार एजेन्सीको रिपोर्टअनुसार डेमोक्रेटिक पार्टी अफ कोरियाका प्रमुख ली जे–म्युङलाई बुसानमा पत्रकार सम्मेलनकै क्रममा छुरा प्रहार भएको हो।
मंगलबार आक्रमणकारीले लीको घाँटीको देब्रे भागमा छुरी प्रहार गरेका हुन् । ५९ वर्षीय ली २०२२ को राष्ट्रपतीय निर्वाचनमा मात्र ०.७३ प्रतिशत मतको अन्तरले पराजित नेता हुन्।
आक्रमण गर्ने व्यक्ति पक्राउ परेका छन्। आक्रमणको २० मिनेटपछि लीलाई अस्पताल लगिएको थियो । रिपोर्टअनुसार उनलाई अस्पताल पुर्याउँदा होसमै थिए।
ली हाल दक्षिण कोरियाको संसद्को सदस्य छैनन्। उनले सन् २०२४ मा हुने आम निर्वाचनमा भाग लिने विश्वास गरिएको छ।