काठमाडौं । मंगलबार देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज बिहान कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ । साथै तराईका अधिकांश स्थानहरुमा हुस्सु कुहिरो लागेको छ।
महाशाखाका अनुसार दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहि बांकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागको एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
यस्तै, आज राती कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागको एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाको दैनिक मौसम बुलेटिनमा उल्लेख छ ।