राेशन थापामगर, बागलुङ । नेकपा (माओवादी केन्द्र)को भातृ संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल) निसीखोला गाउँपालिका कमिटी गठन भएको छ।
माओवादी केन्द्रका केन्द्रीय सदस्य सुदीप कुँवरको प्रमुख आतिथ्यतामा सोमबार गाउँपालिका स्तरीय कमिटी गठन भएकाे हाे । आज भएकाे भेलाले कमल घर्तीमगरको अध्यक्षतामा ३० सदस्यीय कमिटी गठन गरेकाे छ ।
गण्डकी प्रदेश सचिवालय सदस्य प्रेम घर्तीमगरका अनुसार कमिटीको उपाध्यक्षमा राजकुमार पुन, दुर्गाबहादुर सुनार, सचिवमा टीका रानामगर, सहसचिवमा सिजन चन्द र कोषाध्यक्षमा टीका क्षेत्री चयन भएका छन् ।
भेलामा माओवादी केन्द्र गण्डकी प्रदेश सचिवालय सदस्य प्रेम घर्तीमगर र निसीखोला पार्टी कमिटीका अध्यक्ष कुबिर बिश्वकर्माको विशेष उपस्थिति रहेको थियो ।
भेलामा बोल्दै प्रमुख अतिथि कुँवरले युवाहरुलाई देश र जनताको हितमा रहेर काम गर्ने आग्रह गरे । ‘अबको लडाइँ हतियारको नभएर युवालाई आफ्नै देशमा केही रोजगारी दिन सक्ने खालको हुनुपर्छ,’ उनले भने, ‘सबै बेरोजगारी युवा तथा विदेशमा दुःख पाएर स्वदेश फर्केका युवालाई पनि कम्युनिस्ट लिगमा जोडिन आग्रह गर्दछु ।’