बालुकमारी घटना : मृतकका परिवार र सरकारबीच चार बुँदे सहमति

काठमाडौं । सरकार र बालकुमारी घटनामा मृत्यु भएका पीडितका परिवारका बीच चार बुँदे सहमति भएको छ।

गत शुक्रबार १३ गते ईपीएस कोरिया शाखा कार्यालयमा फाराम भर्ने विषयमा भएको प्रदर्शनका क्रममा मारिएका युवाका परिवारसँग सरकारले सहमति गरेको हो।

मृतकका परिवारलाई परिवारका सदस्यहरुसँगको सल्लाहमा एक एक जनालाई उपयुक्त खालको रोजगारी दिने, सरकारले उपलब्ध गराउने राहतका अतिरिक्त थप राहत उपलब्ध गराउन सहजीकरण गर्ने, मृतक वीरेन्द्र शाह र सुजन राउतलाई शहीद घोषणाका लागि आवश्यक कारबाही गर्न गृहमन्त्रालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा अनुरोध गर्ने र मृतकका परिवारले आजै शव बुझिलिने र मृतकको पार्थिव शरीरलाई गृहजिल्लामा पुर्‍याउन गृहमन्त्रालयले प्रबन्ध मिलाउने सहमति भएको छ।

वार्तामा सरकारका तर्फबाट गृहमन्त्रालयका उपसचिव उमाकान्त अधिकारी र मृतकका तर्फबाट वीरेन्द्रका बुवा टेकबादुर शाह र सुजनका मामा टेकबहादुर कटुवालको उपस्थिति रहेको थियो। उक्त सहमति अछाम क्षेत्र नम्बर एकका सांसद शेरबहादुर कुँवर, दैलेख–२ का सांसद दिक्पाल कुमार शाही, दैलेख १ का अम्मरबहादुर थापा, अछाम २ का सांसद पुष्पबहादुर शाह र दीपा कुमारी शर्माको रोहवरमा गरिएको हो।

410725376 303600948779259 1181147200661658476 n 1704109863 https://newskhari.com/storage/2024/01/BALKUMARI.jpg

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित