प्रदर्शन भइरहेको ठाउँमा यातायात मन्त्री जानू गलत भयो : गृहमन्त्री श्रेष्ठ

काठमाडौं । सरकारका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले ललितपुरको बालकुमारीमा २ जनाको ज्यान जाने गरी शुक्रबार भएको घटनाको ‘दोष’ आफ्नै सहकर्मी, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई लगाएका छन्। युवाहरुले विरोध प्रदर्शन गरिरहेको ठाउँमा मन्त्री ज्वाला नपुगेको भए परिस्थिति असमान्य नबन्ने गृहमन्त्री श्रेष्ठको भनाइ छ।

संघीय संसद्‌को राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सोमबार सांसदहरुका प्रश्नको जवाफ दिने क्रममा गृहमन्त्री श्रेष्ठले यातायातमन्त्री ज्वालाको आगमनका कारण स्थिति असामान्य बनेको बताए।

गृहमन्त्री श्रेष्ठले ईपीएस कोरिया शाखा कार्यालयका प्रमुखको भूमिका सकारात्मक नरहेको र सुरक्षा कमजोरी भएको स्वीकार गरे। आन्दोलनको जानकारी भइसकेपछि पनि मन्त्री ज्वाला सोही बाटो भएर आउनुले घटना थप असामान्य बनेको श्रेष्ठले बताए।

मन्त्री ज्वालाले आन्दोलनकारीहरुसँग सवाल जवाफ गरेको, त्यसपछि धकेलाधकेल भएको र प्रहरीले गोली चलाएको अवस्था प्रारम्भिक अध्ययनबाट देखिएको गृहमन्त्री श्रेष्ठले बताए। फायरिङपछि मात्रै गाडी जलेको देखिएको गृहमन्त्री श्रेष्ठले उल्लेख गरे।

 

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित