काठमाडौं । ‘धोती दिवस’ मनाउन गएकी संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता साहलाई प्रहरीले पक्राउ गरेको छ। उनी जनमत पार्टीकी प्रभावशाली नेतृसमेत हुन्।
प्रहरीका अनुसार राष्ट्रिय जनमत पार्टीका अध्यक्ष तथा सांसद डा. चन्द्रकान्त राउत सहित ६३ जना माइतीघरबाट पक्राउ परेका छन् ।
अहिले उनीहरुलाई महेन्द्र पुलिस क्लबमा राखिएको छ। निषेधित क्षेत्रमा प्रदर्शन गरेपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ।