काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउस्थिर राख्ने निर्णय गरेको छ । भारतबाट पेट्रोल भाउ बढेर आएको, डिजेलको भाउ घटेर आएको र ग्यासको भाउ घटेको आएको भए पनि सबै पेट्रोलियम पदार्थको भाउस्थिर राख्ने निर्णय निगमले गरेको हो ।
निगमका अनुसार इण्डियन आयल कर्पोरेशनबाट आज ३१ डिसेम्बर, २०२३ (पुस १५, २०८०) मा प्राप्त नयाँ खरिद मूल्य अनुसार पेट्रोलको मूल्यमा प्रति लिटर ०.४१ ले बृद्धि भई आएको र डिजेलको मूल्यमा प्रति लिटर ०.१२ ले घटेर आएको तथा एलपि ग्यासको मूल्यमा प्रति सिलिण्डर ०.२० ले घटेर आएको छ । निगमका अनुसार हाल निगममलाई हाल एलपि ग्यासमा प्रति सिलिण्डर ३००.४१ नोक्सानी रहेको छ।
निगम संचालक समितिको निर्णय अनुसार पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धन तथा एलपि ग्यासको खुद्रा बिक्री यथावत राखिएको निगमले जनाएको छ ।