बाल सुधारगृहमा दुई समूहबीच झडप, अवस्था तनावग्रस्त

काठमाडौं । बाँकेको एक बाल सुधारगृहमा तनाव भएको छ । बैजनाथ गाउँपालिका -२ स्थित नौबस्तामा रहेको सुधार गृहमा दुई समूहबीचको विवादले उग्र रुप लिँदै गएपछि तनावको अवस्था सिर्जना भएको हो ।

बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले शनिबार सुधारगृहमा रहेका दुई समूहबीच झडप भएको र सोही विवादले उग्ररुप लिँदै आज थप तनाव भएको सूचना भएको जानकारी दिए ।

उनका अनुसार ग्याङफाइटमा घाइते भएका ४ जनालाई उपचारपछि सुधारगृहमा फिर्ता ल्याइएसँगै तनावको अवस्था भएको हो । दुई समूहलाई छुट्टाछुट्टै ब्लकमा राखिएपनि एक समूहले ढुंगामुढा गरेका छन् । ढुंगामुढाबाट एक गाडीमा क्षति पुग्नुकै साथै सुधारगृहमा तनावको अवस्था रहेको हो । अहिले बैजनाथ गाउँपालिका २ स्थित नौबस्ता थप सुरक्षाकर्मीको टोली पठाइएको छ ।

 

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित