युक्रेनको आक्रमणमा तीन बालबालिकासहित २१ जनाको मृत्यु

कीएभ । युक्रेनले रूसको सीमावर्ती शहर बेल्गोरोडमा गरेको गोलाबारीमा तीन बालबालिकासहित २१ जनाको मृत्यु हुनुका साथै ३० वटा अपार्टमेन्टभवनमा क्षति पुगेको छ ।

बेल्गोरोड क्षेत्रका गभर्नर व्याचेस्लाभ ग्ल्याडकोभले आइतबार दिएको जानकारीमा रूसले शुक्रबारदेखि निरन्तर रूसका अन्य शहरहमा जस्तै बेल्गोरोडमा पनि आक्रमण गरिरहेको बताएका छन ।

“मृतकको सङ्ख्या २१ पुगेको छ, जसमध्ये तीन जना बालबालिका छन् । घटनामा १७ बालबालिकासहित ११० जना घाइते भएका छन् । अहिलेसम्म ३० वटा अपार्टमेन्ट भवन, ३४४ वटा अपार्टमेन्ट, तीन वटा निजी घर, कैयौँ व्यवसाय र सामाजिक सुविधामा क्षति भएको छ,’ ग्ल्याडकोभले सामाजिक सञ्जालमा लेखेका छन।

यसैबीच, रूसी रक्षा मन्त्रालयका अनुसार बेल्गोरोड र सो क्षेत्रमा युक्रेनको सशस्त्र बलले शुक्रबार र शनिबार गोलाबारी गरेको थियो । रूसले युद्धसामग्रीको साथ दुई रकेटहरू र एक बहु प्रक्षेपण रकेट प्रणालीबाट शहरको केन्द्रमा आक्रमण गरिएको छ ।

मन्त्रालयले शनिबार हवाई प्रतिरक्षा प्रणालीले रकेट र अधिकांश गोलालाई रोकेको र शुक्रबार राति बेल्गोरोड क्षेत्रको भूभागमा १३ वटा रकेट नष्ट गरेको जनाएको छ ।

त्यस्तै, युक्रेनको सुरक्षा सेवाको अज्ञात स्रोतलाई उद्धृत गर्दै युक्रेनी स्थानीय सञ्चारमाध्यमले युक्रेनी सेनाले बेल्गोरोड क्षेत्रमा रहेको रूसी सैन्य शिविरमा आक्रमण गरेको जनाएको छ ।

युक्रेनका शहरहरूमा रूसी क्षेप्यास्त्र आक्रमण र सर्वसाधारणको हत्याको परिणामस्वरूप युक्रेनको रक्षा बलको संयुक्त गतिविधि जारी रहेको स्रोतले जनाएको छ । शुक्रबार रूसले युक्रेनमा हवाई आक्रमण गर्दा ३० जनाको मृत्यु हुनुका साथै १६० जना घाइते भएको युक्रेनी अधिकारीहरूले बताएका छन् ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित