बालकुमारी घटनाः दैलेख र सुर्खेतमा चक्का जाम

दैलेख । गएको शुक्रबार ललितपुरको बालकुमारीमा भएको आन्दोलनका क्रममा दैलेखका २१ वर्षीय सुजन राउत र अछामका वीरेन्द्र शाहको मृत्यु भएको घटनालाई लिएर आइतबार वीरेन्द्रनगरमा र दैलेखमा पुनः आन्दोलन चर्किएको छ ।

युवा विद्रोह आन्दोलनको निरन्तरता कायमै ‘युवा विद्रोही’ समूहले आइतबार दैलेख बजारबाट सुर्खेत तथा ग्रामिण भेगका जाने सवारी साधन ठप्प पारेका छन भने सुर्खेतमा पनि सवारी साधन ठप्प गर्दै राजधानीको मुख्य सडक चक्काजाम गरेको छ ।

सुर्खेत विरेन्द्र नगरको रत्न राजमार्ग अन्तर्गत एरिचोक–मंगलगढी चोकको अवस्था अहिले तनावग्रस्त छ । त्यहाँ कुनैपनि सवारी साधनहरू चलिरहेका छैनन् ।यही ठाउँमा शनिबार पनि आन्दोलन गरिएको थियो । शनिबार नै समूहले आइतबार सुर्खेतमा सवारी साधन बन्द गर्ने घोषणा गरेको थियो ।

सोही अनुसार दिउँसो १२ बजेदेखि आन्दोलन सुरु हुँदा यातायातका साधन पुर्ण रुपले ठप्प भएका छन् । आन्दोलनकारीले गृहमन्त्री नारायणकाजी श्रेष्ठ र भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालाको राजीनामा माग गरेका छन् । साथै मृतक युवाहरूलाई सहिद घोषणाको माग गरेका छन् । त्यस्तै पीडित परिवारलाई उचित शिक्षा, स्वास्थ्य, लालन पालनको सम्पूर्ण ग्यारेन्टी राज्यले गर्नुपर्ने पनि युवाहरूको माग छ ।

सोही आन्दोलनमा विभिन्न राजनीतिक दलका कार्यकर्ता तथा मृतकका आफन्तहरू सहभागी छन् । आन्दोलनकारीहरूले टायर बाल्ने काम पनि गरिरहेका छन् । आन्दोलन भइरहेको ठाउँमा प्रहरी तैनाथ भइरहेको छ ।आन्दोलनको अगुवाइ गरिरहेका नवीन योगीले सडकका सवारी साधन चलाएको खण्डमा जुनसुकै घटना पनि हुन सक्ने चेतावनी दिएका छन् ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित