चाबहिलबाट एक पुरूषको अपहरण गरेको आरोपमा चार जना पक्राउ

काठमाडौं । काठमाडौंमा एक जना पुरूषको अपहरण गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।

अपहरण गरेको आरोपमा जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले चार जनालाई पक्राउ गरेको हो।

मंसिर १० गते दिउँसो ३ बजे काठमाडौं महानगरपालिका-८ चाबहिलबाट हिस्सीथाया तामाङको अपहरण भएको प्रहरीले जनाएको छ।

उनको अपहरणमा संलग्न चार जनालाई प्रहरीले शनिबार पक्राउ गरेको हो।

पक्राउ पर्नेमा काठमाडौंको बसपार्क बस्ने ४२ वर्षीय तेजमान तामाङ, शंखरापुरको थली बस्ने ३२ वर्षीय कर्मा छेवाङ थिङ, माकलवारी बस्ने २६ वर्षीय सौगात तामाङ र थली बस्ने ३८ वर्षीय सम्राट भन्ने विरे तामाङ छन्।

प्रहरीका अनुसार हिस्सीथाया तामाङलाई उनीहरूले जबरजस्ती बल प्रयोग गरी ट्याक्सीमा हालेर नजिकैको एक जंगलमा लगेका थिए। त्यसपछि राति उनलाई गागलफेदीस्थित एक होटलमा राखिएको थियो।

भोलिपल्ट तामाङको खाताबाट १३ लाख ५० हजार रुपैयाँ झिकेपछि छाडिएको प्रहरीले जनाएको छ।

अपहरण भएपछि पीडित हिस्सीथाया तामाङ प्रहरी परिसरमा पुगेका थिए। त्यसपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो।

प्रहरीले यस घटनामा संलग्न अन्य व्यक्तिहरूको पनि खोजी गरिरहेको

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित