नेपाली भ्लगर उमा चाम्लिङ राई सिक्किममा पक्राउ

काठमाडौं । नेपाली भ्लगर उमा चाम्लिङ राईलाई हिंसा भड्काएको आरोपमा सिक्किम प्रहरीले पक्राउ गरेको छ । सिक्किम क्रोनिकलले उमा चाम्लिङलाई पक्राउ गरिएको पुष्टि गर्दै समाचार प्रकाशित गरेको छ । राई शनिवार पक्राउ परेकी हुन् ।

समाचारमा जनाइए अनुसार उमा चाम्लिङले सिक्किममा साम्प्रदायिक हिंसा भड्काएको आरोप लागेको उल्लेख छ । उनलाई सिक्किम सरकार सदर प्रहरीले पक्राउ गरिएको जनाइएको छ । इन्डिया टूडेमा प्रकाशित एउटा समाचारमा उल्लेख भए अनुसार आगामी चुनावलाई लक्षित गरेर उमा राईले साम्प्रदायिक तथा आतङ्ककारी हिंसा भड्काउन षडयन्त्र गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो ।

पक्राउ गरिएकी भ्लगर राईलाई भारतको आईपीसीको धारा १५३ एर१५३बीर५०५(१)/५०५(२) अन्तर्गत मुद्दा दर्ता गरिएको उल्लेख छ । उनलाई आज अदालतमा पेश गरी पाँच दिनको प्रहरी हिरासतमा राखिएको पनि क्रोनिकलले जनाएको छ ।

सिक्किमको सत्ताधारी दल सिक्किम क्रान्तिकारी मोर्चाले एक विज्ञप्ति जारी गरेर पवन चाम्लिङको जातिवादी राजनीतिमा उमा चाम्लिङलाई सिक्किम बोलाइएको आरोप लगाएको छ । विज्ञप्तिमा उमा चाम्लिङ अवैधानिक रूपमा सिक्किममा बसेर राजनीतिमा प्रयोग भएको समेत आरोप लगाएको छ ।

उमा चाम्लिङलाई पक्राउ भएको सार्वजनिक भएपछि सामाजिक सञ्जालमा विरोध भैरहेको ।

उमा चाम्लिङ चाम्लिङ केहि हप्ताअघि धरानका मेयर हर्क साङ्पाङको श्रमदानमा समेत सहभागि भएकी थिइन् । त्यहि समयमा उनि सिक्किम घुम्न जाने बताएकी थिइन् । उमा चाम्लिङ सिक्किम पुगेर लामो बसाइँसंगै सिक्किमको पर्यटकीय स्थलमा पुगेर नाचगान गर्दै सामाजिक सञ्जालमा लगातार प्रचार–प्रसार गर्दै आईरहेकी थिइन् ।

पछिल्लो पटक भने उमाले डिसेम्बर ३० का दिन सिक्किममा मनाइने साकेवा पर्वका बारेमा फेसबुकमा एउटा भिडियो पोस्ट गर्दै सबैलाई सहभागिता जनाउन आग्रह गरेकी थिइन् ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित