काठमाडौं । बझाङ केन्द्र भएर भूकम्प गएको छ। आइतबार बिहान ६ बजेर ४५ मिनेटमा बजाङको काँडा केन्द्र भएर भूकम्प गएको हो।
भूकम्पको तीव्रता ३.४ रेक्टरस्केल मापन भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
भूकम्पको धक्का बझाङसहित बैतडी, दार्चुला, बाजुरा, अछाम, डेडेलधुरा र डोटी लगायत पहाडी जिल्लामा महसुस गरिएको स्थानीयहरुले बताएका छन्।