बालकुमारी घटना : ईपीएस कोरिया शाखा प्रमुख सुवेदीसहित तीन जना निलम्बन

काठमाडौं । सरकारले ईपीएस कोरिया शाखाका प्रमुख (निर्देशक) गुरुदत्त सुवेदीलाई निलम्बन गरेको छ। शनिबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले सुवेदीलाई निलम्बन गर्ने निर्णय गरेको हो।

शुक्रबार दिउँसो ललितपुरको बालकुमारीमा भएको घटनापछि सरकारले उनलाई निलम्बन गरेको हो। यसअघि ईपीएस कोरियाका लागि सिप बिल्डिङ क्षेत्रमा काम गर्न जानेहरूको परीक्षा लिएको थियो।

बैठकमा सहभागी एक मन्त्रीका अनुसार सुवेदीसहित जिल्ला प्रहरी परिसर ललितपुरका अप्रेसन इन्चार्ज (डीएसपी) उमेश लम्साल र मन्त्री प्रकाश ज्वालाका पीएसओ बोधराज दनुवारलाई पनि निलम्बन गर्ने निर्णय भएको छ।

शुक्रबारको घटनापछि शनिबार बिहानैदेखि श्रम मन्त्रालयका सबै विभागीय कर्मचारीहरू र मन्त्रीबीच त्यसबारे छलफल भएको थियो।

उक्त छलफलपछि बसेको मन्त्रिपरिषद् बैठकमा मन्त्रालयले निलम्बनको प्रस्ताव लगेको थियो। जुन स्वीकृत भएको स्रोतले जानकारी दिएको छ।

 

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित