बालकुमारी घटनामा पक्राउ परेका ५३ जना आज रिहा हुँदै

काठमाडौं । कोरिया रोजगारीका लागि भाषा परीक्षा दिन पाउनुपर्ने माग गर्दै शुक्रबार ललितपुरको बालकुमारी क्षेत्रमा भएको प्रदर्शनका क्रममा पक्राउ परेका व्यक्तिहरूलाई प्रहरी रिहा गर्न सुरु गरेको छ।

ललितपुर प्रहरीका अनुसार शुक्रबार ५३ जना प्रदर्शनकारीलाई नियन्त्रणमा लिइएको थियो। आज प्रहरीले उनीहरूका आफन्तलाई बोलाउँदै रिहा गर्न थालेको हो। बेलुकासम्म ५३ जनालाई नै छाडिने प्रहरीले जानकारी दिएको छ।

शुक्रबार प्रदर्शनकारीले भौतिक मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरेपछि प्रहरीले बल प्रयोग गरेको थियो। त्यस क्रममा प्रहरीको लाठी र गोली प्रहारबाट दुई युवकको ज्यानसमेत गयो।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित