प्याजको मूल्य ३० रुपैयाँले घट्यो

काठमाडौं । चिनियाँ प्याज भित्रिएपछि भारतीय प्याजको भाउ लगातार घटिरहेको छ।

१५ दिनअघि भारतीय प्याजको भाउ १४० रूपैयाँ प्रतिकिलो थियो। त्यतिबेला बजारमा चिनियाँ प्याज आएको थिएन। पुस ५ गतेसम्म भारतीय प्याजको भाउ १३० देखि १४० रूपैयाँ प्रतिकिलो थियो।

पुस ६ गते कालीमाटी बजारमा चिनियाँ प्याज आएपछि एकदिन भारतीय प्याजको भाउ ३० रूपैयाँ सस्तिएको थियो।

त्यसदिन भारतीय प्याज १०५ देखि ११५ रूपैयाँ प्रतिकिलो मूल्य निर्धारण गरिएको थियो। चिनियाँ प्याज ९० देखि १०० रूपैयाँ प्रतिकिलो तोकिएको थियो।

आज भारतीय र चिनियाँ प्याजको भाउ करिब उस्तै छ। कालीमाटीमा आज भारतीय प्याजको भाउ ८० देखि ९० रूपैयाँ र चिनियाँ प्याजको भाउ ८० देखि ८५ रूपैयाँ तोकिएको छ। हरियो प्याजको भाउ ९० देखि १०० रूपैयाँ प्रतिकिलो छ।

आज भारतीय ठूलो गोलभेडा नेपाली ठूलो गोलभेडाभन्दा १० रूपैयाँ महँगो छ। भारतीय ठूलो गोलभेडा प्रतिकिलो ६० देखि ७० रूपैयाँ तोकिएको छ भने नेपाली गोलभेडाको भाउ ५० देखि ६० रूपैयाँ छ।

भारतीय रातो आलुभन्दा नेपाली रातो आलु ५ रूपैयाँ महँगो छ। नेपाली रातो आलु ३५ देखि ३८ रूपैयाँ र भारतीय रातो आलु ३० देखि ३२ रूपैयाँ मूल्य तोकिएको छ। सेतो आलुको भाउ २८ देखि ३० रूपैयाँ प्रतिकिलो छ।

आज काउलीको भाउ २५ देखि ३० रूपैयाँ प्रतिकिलो छ। ज्यापु काउली ३५ देखि ४५ रूपैयाँ, तराई काउली २५ देखि ३० रूपैयाँ र ब्रोकाउली ३५ देखि ४५ रूपैयाँ मूल्य निर्धारण गरिएको छ।

त्यस्तै रायो र तोरीको साग ४० देखि ५० रूपैयाँ, पालुगो, चमसुर र मेथीको साग ११० देखि १२० रूपैयाँ र जिरीको साग ९० देखि १०० रूपैयाँ प्रतिकिलो तोकिएको छ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित