काठमाडौं । बुवाको क्यान्सर उपचार गर्दा लागेको ऋण तिर्न कोरिया जाने सपना बोकेर कर्णालीबाट काठमाडौं आएका सुजन रावतबाटो हिड्दै गर्दा प्रहरीको आक्रमणबाट ज्यान गुमाउने पुगे।
कोरियाली भाषा सिकेका दैलेखको महावु गाउँपालिका ६ का सर्जन रावतरोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाको तयारीमा थिए। ईपीएस परीषाको फारम भर्न नपाएपछि अन्य साथीसँगै पुस १३ गते बिहान ललितपुरको बालकुमारीस्थित ईपीएस कार्यालयअगाडि विरोध जनाउन पुगेका थिए।
दाइ आन्दोलनमा गएको थाहा पाएपछि भाइ सुजन रावतपनि ‘के भएको रहेछ ?’ भनेर बुझ्न कोठाबाट निस्के। सुजन सर्जनका काकाका छोरा हुन्। उनी एक साताअघि मात्रै दैलेखबाट काठमाडौं आएका थिए।
काठमाडौंबारे खासै जानकारी नभएका उनी बालकुमारी पुगेर सडक किनार हिड्दै थिए। एक्कासी प्रहरीले कुटपिट गर्यो। “आन्दोलन गर्न आएको होइन, बाटो हिडिरहेको बेला प्रहरीले कुटपिट गर्यो,” सुजनका आफन्त रोशन कटुवालले भने, “बाटो हिडिराखेको वेला छातीको तल्लो भागमा बेस्सरी हिर्कायो, त्यही चोटले ज्यान गयो।”
प्रहरीको कुटाइबाट घाइते भएका उनलाई वरवर रहेका युवाले नजिकैको किस्ट अस्पताल पुर्याएका थिए। “अचेत अवस्थामा रहेका युवकलाई १२ः४० बजे अस्पताल ल्याइएको थियो। उपचारका क्रममा १ः१७ बजे मृत्यु भएको छ ।
दाइ काठमाडौंमा भएकाले सुजन पनि कोरिया जाने तयारीकै लागि कर्णालीबाट आएका थिए। क्यान्सरबाट बुवा भक्त राउतको ‘ब्रेन ट्युमर’बाट मृत्यु भएपछि विदेश जानुपर्ने बाध्यता आइलागेको थियो।
रोशनका अनुसार, सुजनको परिवारको बसाइ दैलेख बजारमै छ। उनीहरूको सानो पसल छ। घरमा आमा, बहिनी र भाइ छन। “बुवाको निधन भएको वर्ष दिन पनि पुगेको छैन,” रोशनले भने।
बुवाको उपचारका लागि यताउता गर्दागर्दै पसल पनि लथालिङ्ग भयो। बुवाको उपचारका क्रममा ऋण लाग्यो। त्यही ऋण तिर्न विदेश जाने तयारीमा लागेका थिए।
काठमाडौं पुगेर उनी भर्खरै कोरियाली भाषा कक्षामा भर्ना भएका थिए। कक्षा १२ को पढाइ सकेपछि उच्च शिक्षा अध्ययन गर्ने इच्छा भए पनि विदेश जान भाषा कक्षामा भर्ना हुनुपरेको आफन्तजनलाई सुनाएका थिए। “बुवाको उपचारमा लागेको ऋण तिर्नैका लागि सुजनले कोरिया जाने तयारी शुरू गरेको हो,” रोशनले भने, “कोरिया जाने सपना पनि अधूरै रह्यो, आफै अस्ताए।”