साओमी कम्पनीले ल्यायो इलेक्ट्रिक कार, फुल चार्ज गरे १२०० किमी दुरी पार गर्ने

काठमाडौं । चिनियाँ टेक तथा मोबाइल निर्माता कम्पनी साओमीले पहिलो इलेक्ट्रिक कार लन्च गरेको छ। बिहीबार कम्पनीले उक्त इलेक्ट्रिक एसयुसेभेन मोडल सार्वजनिक गरेको हो।

कम्पनीले एसयुसेभेनमा ७३.६ किलोवाट आवर (युनिट) क्षमताको ब्याट्री प्याक राखेको जनाएको छ। यसले एक पटकको फुल चार्जमा ८०० किलोमिटर दुरी पार गर्न सक्ने रेन्ज प्रदान गर्छ। यस्तै यही मोडलमा अर्को १०० किलोवाट आवरको ब्याट्री प्याक पनि यसमा उपलब्ध छ। जसले एक पटकको फुल चार्जमा ८०० किलोमिटर रेन्ज प्रदान गर्ने कम्पनीले जनाएको छ।

यसैगरी सबैभन्दा ठूलो १५० किलोवाट आवरको ब्याट्री प्याक पनि यसमा उपलब्ध छ। जसले एक पटकको फुल चार्जमा १२०० किलोमिटर रेन्ज प्रदान गर्छ। यो गाडी टेस्लाको मोडल एस जस्तै लुक्समा डिजाइन गरिएको छ।

साओमीले एसयुसेभेनको निर्माण गर्न बेजिङमा आधारित बस निर्माता कम्पनी बायक ग्रुपसँग सहकार्य गरेको छ। यसबाट कम्पनीले वार्षिक २ लाख कार उत्पादन गर्ने योजना बनाएको छ। कम्पनीले यो कारलाई २०२५ सम्म बजारमा बिक्री गर्ने योजनामा छ। कम्पनीले यसलाई सेल टु बडी प्रविधिमा विकास गरेको छ।

यो एसयुसेभेन ४ हजार ९९७ एमएम लामो छ भने १ हजार४५५ एमएम उचाइको छ। यसमा ३००० एमएमको ह्वीलबेस रहेको छ। यसमा भएको मोटर पावरले २६५ हर्सपावरदेखि भेरियन्ट अनुसार ३७४ हर्सपावर प्रदान गर्न सक्छ। साथै ६३५ एनएम टर्क उत्पादन गर्न सक्छ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित