काठमाडौं । ललितपुरको ग्वार्कोमा प्रहरीले अश्रुग्याँस प्रहार गरेको छ । ईपिएस मार्फत कोरिया जान लागेकाहरूले गरेको प्रदर्शन नियन्त्रणमा लिन अश्रुग्याँस प्रहार गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी प्रमुख एसएसपी सिद्धिविक्रम शाहले जानकारी दिए ।
भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालाको बा २ झ ५८६१ नम्बरको गाडी रोकेर उनीहरुले सुरुमा हावा खुस्काएका थिए । लगत्तै उनीहरुले गाडीमा आगजनी समेत गरेका छन् ।