कांग्रेस गण्डकीबाट राष्ट्रिय सभाका लागि १७८ जनाको नाम सिफारिस, कुन जिल्लाबाट कति जना ?

गण्डकी । हाल राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, सांसद प्रकाश पन्त र दीपा गुरुङ आउँदो ११ गते हुने निर्वाचनमार्फत् नयाँले प्रतिस्थापन गर्दैछन् । अर्थात् रिक्त हुने आउने पदको लागि चुनाव हुँदैछ।

तिमिल्सिना र दीपा एमालेबाट सांसद बनेका हुन् भने अपाङ्ता अल्पसंख्यक कोटामा चुनाव लडेका प्रकाश भाग्यले राष्ट्रियसभा पुगेका हुन्। प्रतिस्पर्धीको उम्मेदवारी खारेज भएपछि उनी सो पदमा पुगेका हुन्।

अहिले परिदृष्य फरक छ। अपाङ्गता अल्पसंख्यक, महिला र अन्य (खुला) गरी तीन पदको लागि हुने निर्वाचनबाट हाल सत्ता गठबन्धनमै रहेका दलले पठाउने उम्मेदवारले जित्ने लगभग पक्का छ। यद्यपि, ती पदहरु कुन दलले पाउने भन्ने टुंगो लागेको छैन।

सत्ता गठबन्धनबीच ३ पदको भागबण्डा नभए पनि नेपाली कांग्रेस गण्डकीले चाहिँ तीनवटै पदको लागि जिल्लागत रुपले छानिएका १७८ जना उम्मेदवारको नाम केन्द्रमा पठाएको छ। त्यसरी पठाइएका नाममा गण्डकीका पूर्वमुख्यमन्त्री कृष्णचन्द्र नेपालीको नाम पनि सिफारिसमा परेको छ।

उनलाई सिफारिस गर्दा प्रकाश पन्तकै ठाउँ रोजिएको छ। अर्थात् उनी अपाङ्ग अल्पसंख्यकको कोटामा सिफारिसमा परेका छन्। नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका नेपालीको खुट्टाको समस्या छ।

राष्ट्रिय सभाको अध्यक्ष ताकेका पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठ, पूर्वमन्त्री रोमी गौचन थकाली, पूर्वमन्त्री यज्ञबहादुर थापा पनि सिफारिसमा परेका छन्।

कांग्रेस गण्डकीले अन्य पदमा १०७, महिला पदमा ४३ र अपाङ्गता अल्पसंख्यक २८ जना आकांक्षीको नाम सिफारिस गरेको प्रवक्ता मधु बास्तोलाले जानकारी दिएका छन्।

कास्कीबाट ४३ जना, गोरखाबाट १६, तनहुँबाट १७, नवलपुरबाट २२, पर्वतबाट १४ जना बागलुङबाट २४, मनाङबाट २, मुस्ताङबाट ६, म्याग्दीबाट ५, लमजुङबाट १० र स्याङजाबाट १९ जना आकांक्षीको नाम सिफारिस भएको गरिएको उनले बताए।

 

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित