वरिष्ठ अधिवक्ता भण्डारीविरुद्ध श्रीमतीले दिइन् यौनजन्य हिंसा गरेको भन्दै अदालतमा मुद्दा

काठमाडौं । वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले बिहे भएको मितिमै विवाह दर्ता गर्न नमानेको र आफूमाथि शारीरिक, मानसिक हिंसा गरेको भन्दै उनकी पत्नी जानकी पाण्डेले ललितपुर जिल्ला अदालतमा मुद्दा दायर गरेकी छन्।

आफ्ना पति भण्डारीले बिहे दर्ता गर्न नमानेकोले नाता कायमको मुद्दा दायर गरेकी पाण्डेले आफूमाथि शारीरीक, मानसिक, आर्थिक र यौनजन्य हिंसा भएको भनेर पनि अर्को छुट्टै मुद्दा दिएकी हुन्।

भण्डारीले आफूलाई ज्यान लिने भन्दै धम्क्याउने, आफ्ना बावुआमालाई सताउने लगायतका काम गरेको भन्दै उनले संरक्षणात्मक आदेश मागेकी छन्। उक्त आदेश माग्दै दिइएको निवेदनमा भोलि नै पेसी तोकिएको उनले बताइन्। जानकी आफैं पनि अधिवक्ता हुन्।

उनले यसअघि भण्डारीविरूद्ध महिला आयोगमा निवेदन दिएकी थिइन्। आयोगले भने अदालत जान सुझाएको थियो। जानकीका अनुसार, उनीहरूको विवाह २०७४ साल माघ १९ गते परम्परा बमोजिम परिवारका सदस्यहरूको बीचमा भएको थियो। दोस्री पत्नीसँग पनि सम्बन्ध विच्छेद भएपछि सुरेन्द्रको बिहे जानकीसँग भएको थियो। बिहेपछि ललितपुरको सैंबुस्थित सुरेन्द्रको घरमै उनी बस्दै आएकी थिइन्।

झण्डै ९ महिनाअघि उनी स्वीट्जरल्याण्ड जानुपर्ने भयो। त्यो बेला आफ्नो पासपोर्टको म्याद सकिन लागेको थाहा पाएपछि उनले नवीकरणको प्रक्रिया थालेकी थिइन्। पासपोर्ट बनाउन अहिले राष्ट्रिय परिचय पत्र चाहिन्छ। त्यहाँ वैवाहिक स्थिति पनि खुलाउनुपर्ने भएपछि उनले सुरेन्द्रलाई बिहे दर्ता गराउन वडा कार्यालय जाऔं भनिन्।

गएको चैतमा सुरेन्द्रले बिहे दर्ताको फारम भरे पनि बिहेको मिति भने ६ वर्षअघिको राख्न मानेनन्। बरू २०८० सालमा बिहे दर्ता गरौं भने। त्यसपछि विवाद भएको थियो।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित