बागलुङ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल गृहजिल्ला बागलुङमा सम्मानित भएका छन् । बुधबार सातौं बागलुङ महोत्सवमा ढकाल राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सम्मानित भएका हुन्। राष्ट्रपति पौडेलले अध्यक्ष ढकाललाई सम्मानपत्र प्रदान गरेका थिए ।
बागलुङमा जन्मेर नीजी क्षेत्रको एक मात्र साझा संगठन नेपाल उद्योग वाणिज्य महासंघको सफल नेतृत्व गर्दै बैंकिङ, उर्जालगाएतको क्षेत्रमा लगानी गरेर देशको आर्थिक विकासमा महत्वपूर्ण योगदान दिएको भन्दै ढकाललाई सम्मान गरिएको हो ।