सन्दीप लामिछानेविरुद्धको मुद्दामा फैसला फेरि ‘हेर्दाहेर्दै’मा

काठमाडौं । सन्दीप लामिछानेको मुद्दाको फैसलाको सुनुवाई बुधबार पनि हेर्दाहेर्दैमा सकिएको छ । जिल्ला अदालत, काठमाडौंमा अन्तिम सुनुवाइ चलिरहेको यो मुद्दा बुधवार पनि सुनुवाइ नसकिएपछि ‘हेर्दाहेर्दै’मा राख्ने आदेश आएको अदालत स्रोतले जनाएको छ ।

यो मुद्दा आइतवार न्यायाधीश शिशिरराज ढकालको इजलासमा पेशी तोकिएको हो । अब बाँकी बहस उनैको इजलासमा बिहीवार निरन्तर हुनेछ ।

सोमवार र मंगलबार सार्वजनिक बिदा परेकाले आइतवारपछि बुधवार बहस भएको थियो । यो मुद्दा आइवार पनि हेर्दाहेर्दैमा राखिएको थियो । सर्वोच्च अदालतले गत १५ फागुनमा नै यो मुद्दाको चाँडो फैसला गर्न आदेश दिएको थियो । फैसलाका लागि यसअघि पटक९पटक पेशी तोकिए पनि मुद्दाको किनारा लाग्न सकेको छैन ।

सन्दीपका तर्फबाट वरिष्ठ अधिवक्ताहरु रमन श्रेष्ठ,शम्भु थापा, कृष्ण सापकोटालगायतले बहस गर्ने तयारी छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित