जाजरकोटमा २४ दिनकी सुत्केरीको चिसोले मृत्यु

काठमाडौं । जाजरकोटमा २४ दिनकी सुत्केरीको चिसोले मृत्यु भएको छ। कुशे गाउँपालिका–९ घर्तीगाउँकी २४ वर्षीया कल्पना नेपालीको बुधबार मृत्यु भएको हो। उनले २४ दिनअघि छोरालाई जन्म दिएकी थिइन्।

कुशे गाउँपालिकाका उपाध्यक्ष देविकाकुमारी सिंहका अनुसार कल्पनाका दुई वर्षीय एक छोरा पनि छन्। अहिले उनले दोस्रो बच्चालाई जन्म दिएकी थिइन्।

तीन दिनअघिदेखि कल्पनाको शरीर सुन्निएको उपाध्यक्ष सिंहले बताइन्।

‘उहाँ सुन्निनुभएको रहेछ, हामीलाई सुरूमा खबर पनि गरिएन,’ उनले भनिन्, ‘खबर भएको भए तत्काल अस्पताल लैजान व्यवस्था गर्न सकिन्थ्यो, मृत्युपछि मात्र हामीले खबर पायौं।’

कल्पनाको परिवार कात्तिक १७ गतेको भूकम्पपछि पालमुनि बस्दै आएका थिए। भर्खरै उनीहरूले अस्थायी आवास बनाउन सुरू गरेको उपाध्यक्ष सिंहले बताइन्।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित