१७ अंकले घट्यो नेप्से, ५ अर्ब २४ करोडको कारोबार

काठमाडौं । दुई दिनको सार्वजनिक बिदापछि एकैपटक बुधबार खुलेको सेयर बजारमा १७ अंकमाथिको गिरावट आएको छ । आइतबार नेप्से सूचक २१ अंकले घट्दै २ हजार ८८ विन्दुमा अडिएको थियो ।

दुई दिनपछि आज खुलेको बजारमा थप १७.२३ अंकले घट्दै नेप्से सूचक २ हजार ७०।८४ अंकमा झरेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।

आज क वर्गको सेन्सेटिभ इन्डेक्स समेत ४.२५ अंकले घट्दै ३८७.०७ अंकमा झरेको नेप्सेले जनाएको छ ।

तथापि, आज पनि उत्साहपूर्ण कारोबार हुँदै ५ अर्ब २४ करोड ८७ लाख २६ हजार रुपैयाँ बराबरको १ करोड ४३ लाख ३७ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

आज म्चुअल फन्ड र निर्जीवन बीमा समूहको उपसूचक क्रमशः ०.५३ प्रतिशत र १.१६ प्रतिशतले बढेको छ । भने बाँकी ११ वटा समूहको उपसूचक ऋणात्मक भएको छ ।

आज ४ वटा कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ भने ९ वटा कम्पनीको मूल्य ८ प्रतिशतमाथिले बढेको छ । बीपीडब्लू लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले घटेको छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित