बारा । बारा प्रहरीले एकजना भारतीय ‘सार्प सुटर’ लाई गोली हानेर पक्राउ गरेको छ ।
भारतको मोतीहारी घर भएका २५ वर्षीय सुजितकुमार सिंहलाई गएराति बाराको बिश्रामपुरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
बाराको विश्रामपुर गाउँपालिका ३ बाट गएराति ८ बजे ३२ वर्षीय सुजित सिंहलाई गोली हानेर पक्राउ गरिएको बाराका प्रहरी प्रवक्ता डीएसपी दधिराम न्यौपानेले जानकारी दिए ।
सिंहलाई नियन्त्रणमा लिने क्रममा प्रहरीमाथि नै आक्रमण प्रयास गरेपछि गोली प्रहार गरिएको उनले बताए । दुवै खुट्टामा गोली लागेर घाइते भएका सिंहको प्रादेशिक अस्पताल कलैयामा उपचार भइरहेको छ ।
सिंह बाराको कलैयास्थित बाल एकता बोर्डिङ्ग स्कुलका सञ्चालक रुपेश स्वर्णाकारको हत्यामा संलग्न रहेको प्रहरीको भनाइ छ ।